+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

अमिताभ र अक्षयको फिल्मलाई लिएर किन हुँदैछ हंगामा ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ६ गते १५:१६

कोरोना भाइरसको कारण भारतमा जारी लकडाउनका कारण चलचित्र भवनहरूमा ताला लागेको छ । हलमा ताला लागेपछि कमाइ हुने कुरा पनि भएन । तर, अब बिस्तारै भारतका हल सञ्चालकहरूलाई नयाँ चुनौतीको सामना गर्नुपर्ने अवस्था आउँदैछ ।

नायक अमिताभ बच्चन र आयुष्मान खुराना अभिनित चलचित्र ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा रिलिज हुने भएपछि हल सञ्चालकहरूमा तनाव सुरु भएको हो ।

यही कारणले चलचित्रहरू सिधै डिजिटल माध्यमबाट रिलिज हुन थाले पनि चलचित्र भवन नै बन्द गर्नुपर्ने अवस्था आउँछ भन्ने सोचाई हल सञ्चालकहरूमा उत्पन्न हुन थालेको छ । ‘गुलाबो सिताबो’ मात्र होइन, अक्षय कुमारको ‘लक्ष्मी बम’, नायिका विद्या बालनको चलचित्र ‘शकुन्तला’ डिजिटल रिलिजका लागि तयार छन् ।

भारतका चलचित्र प्रदर्शक तथा एक्सजीविटर्स एसोसिएसन अफ इन्डियाका अध्यक्ष नितिन दातार भन्छन्–‘हामी, चलचित्र सिधै डिजिटल प्लेटफर्मबाट रिलिज होस् भन्ने चाहँदैनौं । यदि, निर्माताहरूले यस्तो निर्णय लिन्छन् भने पहिला हामीसँग कुराकानी गर्न आवश्यक छ ।’

उनले, निर्माताले चलचित्रमा लगानी गरेजस्तै हल सञ्चालकले पनि हलमा करोडौ‌ं लगानी गरेको बताए । उनले दुई महिना पर्खिन सक्ने निर्माताले अब दुई महिना पनि पर्खिन आवश्यक रहेको प्रतिक्रिया दिएका छन् ।

चलचित्र हल बन्द भएको अवस्थामा बेरोजगारी संख्या बढ्ने उनको तर्क छ । उनले भने–‘चलचित्र हल एउटा चेनमा चल्छ । हलका कर्मचारी, क्यान्टिनमा काम गर्ने मजदुर, पार्किङमा काम गर्ने, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको जागिर धरापमा पर्न सक्छ ।’

यो विषयमा मराठा मन्दिरका सञ्चालक मनोज देसाइले बीबीसीसँग भनेका छन्–‘महाराष्ट्रमा कोरोनाको केस सबैभन्दा बढी छ । यसैले, हलहरू कहिलेबाट खुल्छ भन्न सकिने अवस्था छैन । यसैले, जुन निर्माता तथा निर्देशकको चलचित्र रिलिजका लागि तयार भएको छ, उनीहरू किन नोक्सान सहेर बस्छन् । उनीहरूले त चलचित्र रिलिज गर्छन् नै ।’

बलिउडमा अहिले ठूलो बजेटमा तयार भएका चलचित्रका निर्माताहरू हलमै रिलिजका लागि प्रतीक्षा गरिरहेका छन् । नायक अक्षय कुमारको चलचित्र ‘सूर्यवंशी’ हलमै रिलिज गर्ने प्रतीक्षामा यसका निर्माता छन् । मल्टिप्लेक्स चेन आइनक्सले आफ्नो विज्ञप्तिमा भनेको छ–‘यो मुस्किल घडीमा निर्माताहरूले अन्य माध्यमबाट चलचित्र रिलिज गर्न थालेकोमा हामी दु:खी छौं । अहिलेसम्म हामीले निर्मातासँग काँध मिलाएर काम गरेका छौं । तर, अब निर्माताहरूको यो निर्णयले समझदारीको बाटोलाई प्रदूषित बनाएको छ ।’

बलिउडमा अहिले निर्माता र हल सञ्चालकहरूबीच यो विषयलाई लिएर लफडा सुरु भएको छ । यसले हल सञ्चालकहरूमा एक प्रकारको तनाव पैदा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?