Comments Add Comment

बाबर आजम बने पाकिस्तान क्रिकेट टिमको कप्तान

६ जेठ, काठमाडौं । ब्याट्सम्यान बाबर आजम पाकिस्तानको एकदिवसीय र टी २० टिमको कप्तान बनेका छन् ।

पाकिस्तान क्रिकेट बोर्डले आजमलाई दुई विधाकै खेलको कप्तान चयन गरेको हो । यस्तै टेष्ट कप्तानमा अजर अली तोकिएका छन्  ।

बोर्डले २०२०-२१ का लागि सेन्ट्रल कन्ट्रयाक्टमा परेका १८ खेलाडीको नाम सार्वजनिक गर्दै कप्तान पनि चयन गरेको हो । यसअघिका कप्तान सर्फराज अहमदलाई हटाइएपछि आजमलाई नेतृत्व दिएको हो ।

पाकिस्तानी टिमका मुख्य प्रशिक्षक तथा मुख्य छनोटकर्तासमेत रहेबा  मिस्वा उल हकले नयाँ कप्तान चयनबाट आफू खुशी रहेको बताएका छन् ।

सेन्ट्रल कन्ट्रयाक्टमा नसिम शाह र ईफ्तिकर अहमद पहिलो पटक परेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment