Comments Add Comment

कालीमाटीका सुरक्षाकर्मीमा संक्रमण देखिएपछि प्रहरीका ६ इकाइ सिल

७ जेठ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, कालीमाटीमा कार्यरत दुई जना प्रहरी अधिकारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रहरीका ६ वटा इकाइ सिल गरिएको छ ।

कालीमाटी वृत्तसँगै रहेको महानगरीय ट्राफिक प्रहरी प्रभाग र महिला सेललाई सिल गरिएको हो । कालीमाटी प्रहरी प्रमुख डीएसपी रुगम कुँवरले अनलाइनखबरलाई बताएअनुसार मातहतको बल्खु, कलंकी र स्यूचाटार प्रहरी प्रभाग पनि सिल गरिएको छ ।

‘सबैमा गरेर २ सय बढी कर्मचारी कार्यरत छौं’, कुँवरले भने, ‘अब सबैको स्वाब संकलन गरेर परीक्षण गर्ने तयारी गरिरहेका छौं ।’

टेकुस्थित प्रयोगशालाले मंगलबार बेलुकी कालीमाटीका एक जना सई र जवानमा कोरोना भाइरसको संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

दुवै जना कालीमाटीको प्रहरी ब्यारेकमा बस्दै आएका थिए । ब्यारेकमा सुत्ने कोठासँगै खाना खाने मेस पनि सामूहिक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment