+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
३४ बलमा ३२ रन आवश्यक
लुम्बिनी लायन्स 2025
80/3 (14.2)
Shares

स्वास्थ्य सेवा विभाग र मन्त्रालयका कर्मचारीको कोरोना परीक्षण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १४:५६

७ जेठ, काठमाडौं । कन्ट्याक ट्रेसिङमा गएका इपिडियोलोजी तथा रोग नियण्त्रण महाशाखाको एक चिकित्सकलाई कोरोना संक्रमण भएपछि स्वास्थ्य सेवा विभागले कोभिड–१९ नियन्त्रणको नियमित काममा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीको कोभिड–१९ जाँच गर्ने भएको छ।

स्वास्थ्य सेवा विभागको निर्देशक महेन्द्र श्रेष्ठका अनुसार ती कर्मचारीलाई क्वारेण्टाइनमा राखिनेछ। काममा खटिएका कर्मचारीलाई राख्नका लागि होटलको खोजी गरिरहेको समेत उनले बताए।

संक्रमित भनिएका चिकित्सक १ दिनअघि स्वास्थ्य मन्त्रालयको गत सोमबार मन्त्रालयको हेल्थ इमर्जेन्सी अपरेसन सेन्टर (एचईओसी) को बैठकमा सहभागी भएका थिए। सोही कारण मन्त्रालय नियमित पुग्ने कर्मचारीहरुको पनि कोरोना परीक्षण गर्ने तयारी भइरहेको छ।

‘हाम्रो गाइडलाइनअनुसार नै फिल्डमा खटिएका कर्मचारीको पीसीआर जाँच गर्ने हो,’ श्रेष्ठले भने, ‘रिपोर्ट नआउन्जेल उहाँहरुलाई कुनै होटलमा क्वारेण्टाइनमा राख्ने सोच बनाएका छौं ।’

विभागका निर्देशक श्रेष्ठको अनुसार परीक्षणको रिपोर्ट पोजेटिभ आएमा उपचारका लागि अस्पताल पठाइने र रिपोर्ट नेगेटिभ आए १४ दिनसम्म घरमै सेल्फ क्वारेण्टाइनमा राख्ने तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?