+
+

ऋण तिर्ने भाका सार्नुपर्ने यातायात व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते १७:३४

७ जेठ, काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले ऋण तिर्ने थप समयसीमा सारिदिन आग्रह गरेको छ । कोभिड-१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण यातायात व्यवसायीहरूको आम्दानी नै गुमेका कारण ऋण तिर्न सक्ने अवस्था नरहेको महासंघका महासचिव सरोज सिटौलाले बताए ।

राष्ट्र बैङ्कले दुई प्रतिशत ब्याज सहुलियतले केही राहत महसुस भएको उनले बताए। राज्य पनि अप्ठ्यारोमा परेकोले आफूलाई सहुलियतभन्दा पनि समय चाहिएको बताए ।

‘हामी ऋण तिर्दैनाैं भनेको छैन, हामीलाई छुट पनि चाहिँदैन’ अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘अहिले असहज अवस्था छ, हामीलाई ऋण तिर्नका लागि बैङ्कहरूले भाका सारी दिनुपर्छ ।’

कोरोनाको त्रास कहिलेसम्म जाने ठेगान नभएका कारण यति नै समय चाहियो भन्ने अवस्था भने नरहेको उनले बताए । उनले कम्तिमा पनि ५/६ महिना (लकडाउन पछि) ऋण तिर्नका लागि बैङ्कहरूले समय थपिदिनुपर्ने बताए ।

‘मालवाहक गाडीहरू त बरु थोरबहुत चलेका छन्, यात्रुवाहक त सबै ग्यारेजमा थन्किएका छन्’ उनले भने, ‘गाडीहरू थन्किएका कारण हामीले अहिले ऋण तिर्न सक्दैनौं, हामीलाई केही समय चाहियो ।’

लकडाउन अवधिभरको बिमा प्रिमियम शुल्क छुट दिने बिमा समितिले निर्णय गरेको भन्दै उनले राष्ट्र बैङ्क तथा सरकारबाट पनि यस्तै अपेक्षा गरिएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?