+
+
Shares

सेती अस्पतालको आइसोलेसनमा ४ जना भर्ना

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते २१:२४

७ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशमा चार जनामा कोरोना भाइरस संक्रमण मिल्दोजुल्दो लक्षण देखिएका बिरामी अस्पतालमा भर्ना भएका छन् । उनीहरु चारै जनालाई सेती प्रादेशिक अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरिएको हो ।

कैलालीका ३ जना र बैतडीका एक जनालाई ज्वरो आएकाले अस्पताल भर्ना गरिएको हो । अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले धनगढी उपमहानगरपालिका– १८ का ३० बर्षीय पुरुष, धनगढी–८ का २१ बर्षीय युवक र धनगढी–३ का २८ बर्षीय युवकलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको बताए ।

अस्पताल भर्ना भएका बैतडीको सिगास गाउँपालिका–३ का २१ वर्षीय युवकलाई पनि तीन दिनदेखि छाती दुख्ने र ज्वरो आउने समस्या देखिएको उनले बताए ।

उनको बैतडीका युवकको थ्रोट स्वाबको नमूना लिई पीसीआर परीक्षणको तयारी भइरहेको जानकारी दिए । कैलालीका युवकहरूको भने बिहीबार पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?