Comments Add Comment

गोलकिपर मानुएल नोए २०२३ सम्म वार्यनमै रहने

८ जेठ काठमाडौं । जर्मनी र वार्यन म्युनिखका गोलकिपर मानुएल नोए सन् २०२३ सम्म वार्यन म्युनिखमै रहने भएका छन् । जर्मनी र वार्यनमा नम्बर वान गोलकिपर नोएले बुधबार क्लबसँग सम्झौता नवीकरण गरेका हुन् ।

अहिले कोभिड-१९ महामारीले लकडाउन हुँदा नोएको भविष्य क्लबमा के हुने भन्ने भइरहेको थियो । तर कोभिड-१९ कै बेला सुरक्षित उपाय अपनाउँदै बुण्डेशलिगा मैदान फर्किएपछि नोएले पनि सम्झौता गरेका हुन् ।

३४ वर्षीय नोए अब २०२३ सम्म एलिएन्ज एरेनामै रहेर खेल्नेछन् ।

वार्यन म्युनिखका सिईओ कार्ल हेइन्ज रुमेनेजले नोएले क्लबसँग सम्झौता नवीकरण गरेकोमा खुशी व्यक्त गरे । मानुनएल नोए विश्वकै उत्कृष्ट गोलकिपर हुन् र हाम्रो कप्तान हुन् ।

यस्तै वार्यनका स्पोर्टिङ डिरेक्टर हसन सलिहमिडिकले यो सक्झौता वार्यन र नोए दुवैका लागि महत्वपूर्ण भएको बताए । उनले दुवै पक्ष मिलेर जित जितको अवस्था बनाएको बताए ।

यस्तै मानुएल नोएले पनि वार्यन युरोपकै एक उत्कृष्ट क्लब भएको भन्दै त्यहाँ आफूले घर जस्तै अनुभव गर्ने बताएका छन् ।

सन् २०११ मा अर्को जर्मन क्लब साल्का बाट वार्यन पुगेका नोएले ७ बुण्डेशलिगा ५ डिएफबी कप र एक च्याम्पियन्स लिग जितेका छन् । उनले सन् २०१३ मा च्याम्पियन्स लिगसँगै तीन उपाधि अर्थात ट्रेबल जितेका थिए ।

यस्तै जर्मनीले सन् २०१४ मा विश्वकप जित्दा पनि नोए त्यसको सदस्य थिए । उनले जर्मनीका लागि ९२ खेल खेलेका छन् ।

नोएसँगै अर्को सिजन वार्यनमा जर्मनीका युवा गोलकिपर अलेक्जान्डर नुबेल पनि हुनेछन् । २३ वर्षीय नुबेल फ्रि ट्रान्सफरमा साल्काबाट वार्यन जाँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment