+
+

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ८ गते ११:२५

८ जेड, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् । पाकिस्ततानको बोलोचिस्तान कोरोना भाइरसबाट सबैभन्दा प्रभावित देखिएको छ ।

पाकिस्तानमा मार्च १८ मा कोरोना भाइरसका पहिलो संक्रमित फेला परेका थिए । त्यसको केही समयपछि पाकिस्तानले भाइरस नियन्त्रणका लागि मुलुकभर लकडाउनको घोषणा गरेको थियो ।

यो महिनाको सुरुमा पाकिस्तानले आर्थिक समस्यालगायतका कारण देखाउँदै लकडाउन खुकुलो पार्दै जाने निर्णय गरेको थियो । अहिले पाकिस्तानमा केही पस, उत्पादन क्षेत्र र व्यवसायहरु खुले पनि विद्यालयहरु भने जुलाई १५ सम्म बन्द रहनेछन् ।

स्रोत : सीएनएन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?