+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

नेपाल प्रवेश पाउनुपर्ने भन्दै बेलहिया नाकामा नाराबाजी

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ ८ गते २१:५०

८ जेठ, बुटवल । भारतको नौतनवा क्वारेन्टाइनमा २१ दिन बसेका गरेका नेपालीहरूले स्वदेश फर्कन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा प्रदर्शन गरेका छन् ।

बिहीबार राति साढे आठ बजेतिर करिब सय जना नेपालीहरूले स्वदेश जान पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका हुन् । नेपालको क्वारेन्टाइनमा बसेका करिब चार सय भारतीयलाई उनीहरूको मुलुक फर्किन दिएको आफूले देखेको भन्दै नेपालीहरूले आफूहरूलाई पनि आफ्नो देश फर्कन पाउनुपर्ने माग गरेका हुन् ।

एक घण्टादेखि उनीहरूले नाराबाजी र प्रदर्शन गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । ‘उहाँहरुले क्वारेन्टाइनमा बसेको कागज पनि बनाएर ल्याउनुभएको रहेछ’ प्रहरी उपरीक्षक थापाले अनलाइनखबरसँग भने–‘स्वदेश फर्कन पाउनुपर्‍यो भन्ने उहाँहरूको माग अन्यथा होइन । सकेसम्म राति नभए भोलि बिहानसम्म क्वारेन्टाइनको व्यवस्था गरेर ल्याउँछौं ।’

स्थानीय तहहरूले पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन गर्न नसक्दा सीमा क्षेत्रमा रोकिएका नेपालीलाई एकैपटक ल्याउन नसकिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । लकडाउनपछि चारपटक पटक गरेर एक हजार पाँच सय बढी नेपालीलाई रुपन्देही भित्र्याएर क्वारेन्टाइनमा राखेको उनले बताए ।

नौतनवामा क्वारेन्टाइन बसाइँ पूरा गरेका अझै एक हजार जना नेपाली स्वदेश फर्कने प्रतीक्षामा छन् । भारतले रेल सेवा सुरु गरेकाले दिनहुँ स्वदेश फर्कने नेपालीहरूको संख्या तराईका जिल्लाका सीमा नाकामा बढेको बढ्यै छ । तर, स्थानीय तहहरूले क्वारेन्टाइनको पर्याप्त व्यवस्था गर्न सकेका छैनन् ।

मुख्य नाकाबाट घर फर्कन नपाएकाकहरू खला सिमानाको फाइदा उठाउँदै चोरबाटोबाट लुकिछिपी प्रवेश गर्ने गरेका छन् । कतिपय नाकामा अलपत्र नेपालीले पानी पिउन समेत नपाएको गुनासो गरेका छन् भने कतिपय बिरामी पर्न थालेका छन् । सीमामा अलपत्र पर्नेमा बालबालिका र सुत्केरी पनि छन् ।

हेर्नुहोस् भिडियो

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?