
गायक प्रकाश सपुत अब नायक बन्ने क्रममा छन् । चलचित्र ‘परदेशी-२’ले उनलाई गायकबाट नायकको परिचय दिँदैछ । लकडाउनका कारण यो चलचित्रको छायांकन रोकिएको छ ।
गायक सपुत अहिले बाग्लुङमा छन् । बाग्लुङमा रहेको क्रममा उनले विभिन्न सिर्जना पनि गरिरहेका छन् । गायक सपुतले अहिले आफू चलचित्रको कथा पनि लेखिरहेको बताए । उनले भने–‘मैले सन् २०१२ देखि नैै समाजमा देखिएको घटनाक्रमलाई उतारेर लेखिरहेको थिएँ । म त्यसलाई पुस्तकको आकार दिन चाहन्थे ।
तर, अब चलचित्र र गीतसंगीतसँग जोडिएपछि यसको नशा पनि लागिरहेको छ । अहिले भने म त्यो सिर्जनालाई स्क्रिप्टको आकार दिइरहेको छु ।’
गायक सपुतले आफूले अहिले क्लाइमेक्स लेखिरहेको सुनाए । भने–‘अब सकिन लागेको छ । सायद, यो कथामा चलचित्र बनाउन सक्छु होला ।’ योसँगै गायक सपुतले गाउँमै रहँदा छोटा चलचित्रहरु पनि बनाउने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4