
९ वैशाख, काठमाडौं । कोरोना प्रभावित जिल्ला उदयपुरका ५५ जना पत्रकारहरुको कोरोना बीमा गरिएको छ । दैनिक समाचार संकलनका लागि फिल्डमा खटिने पत्रकारहरुको युवा व्यवसायी प्रयास कार्कीले प्रति व्यत्तिः एक लाख रुपैयाँको कोरोना बीमा गराइदिएका हुन् ।
उदयपुरमा एक पत्रकारसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । फ्रन्ट लाइनमा खटिएर जोखिम मोल्दै रिपोर्टिङ गर्ने पत्रकारहरुको आर्थिक सुरक्षाका लागि बीमा गरिदिएको व्यवसायी कार्कीले जानकारी दिए ।
नेपालको पहिलो कोरोना इपिसेन्टर उदयपुरमा खटिएका पत्रकारहरुको उच्च जोखिमलाई मध्यनजर गर्दै कार्कीले सञ्चालक रहेको हिमगिरी सप्लायर्स एण्ड टे«डर्सले विमित रकम तिरी दिएको प्रेस संगठन उदयपुरका अध्यक्ष गणेश उप्रेतीले जानकारी दिए ।
बीमा शुल्क प्रति व्यक्ति ६ सय रुपैयाँका दरले बुझाइएको छ । बीमा गरिएका कुनै व्यक्तिमा पीसीआर पोजिटिभ देखिए एक लाख रुपैयाँ दाबी भुक्तानी पाउनेछन् ।
हिमगिरी सप्लायर्स एण्ड टे«डर्स कटारीले आर्थिक वर्ष २०७३र७४ र २०७४÷७५ मा उदयपुर जिल्लामै सबैभन्दा बढी कर दालिखा गरेवापत सम्मानित भएका व्यवसायी हुन् ।
हिमगिरी सप्लायर्स एण्ड टे«डर्स उदयपुर जिल्लामै सबैभन्दा बढी कर दालिखा गरेवापत सम्मानित हुने फर्म हुन ।
प्रतिक्रिया 4