Comments Add Comment

चोरीका दुई कारसहित युवक पक्राउ

९ जेठ, कैलाली । प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङको तुलसीपुर नगरपालिका–५ न्यूरोड टोल घर भई हाल धनगढी उपमहानगरपालिका– १ वसन्तटोल बस्ने १६ वर्षीय नवीन सार्की रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले आज जानकारी दिए ।

ती युवकले यही जेठ ३ गते सो उपमहानगरपालिका–४ उतरबेहडी बस्ने राजेन्द्रबहादुर मल्लले आफ्नै घर अगाडि सडकमा पार्किङ गरिराखेको बा ८ च २१०० नंको कार र ७ गते सोही ठाउँबाट रातिको समयमा रवीन्द्रदेव भट्टको डेरा कोठा भएको घरआँगनमा राखेको बा १४ च ४७८१ नंको कार चोरी गरेको उनले बताए ।

युवकको साथबाट प्रहरीले नगद रु १२ हजार ४७०, विभिन्न कागजात र दुई थान मोबाइलसमेत बरामद गरेको बताइएको छ । निजले अन्य स्थानमा समेत चोरी गरेको हुनसक्ने भएकाले सम्बन्धित व्यक्तिले यस कार्यालयमा सम्पर्क राख्न हुनसमेत अनुरोध गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment