Comments Add Comment

कोरोनाबाट ५२ लाख ८४ हजार बढी संक्रमित, अमेरिकामा करिब एक लाखको ज्यान गयो

११ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५२ लाख ८४ हजारभन्दा बढी पुगेको छ । यस्तै ३ लाख ४० हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा १६ लाखभन्दा बढी संक्रमित छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या झण्डै एक लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा १६ लाख २१ हजार ६ सय ५८ जनामा संक्रमण पुष्टि हुँदा मृतकको संख्या ९७ हजार ४८ छ ।

यसैगरी रुसमा ३ लाख ३५ हजार ८ सय २२ जनामा संक्रमण भएको छ भने ३ हजार ३ सय ८८ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा ३ लाख ३ हजार ८ सय ९० जना संक्रमित छन् भने २१ हजार ४८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतमा २ लाख ५८ हजार ५ सय ४ जनामा कोरोना संक्रमण पुष्टि हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार ७ सय ५७ छ ।

स्पेनमा २ लाख ३५ हजार २ सय ९० जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ६ सय ७८ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment