Comments Add Comment

बारामा थप ४ जना प्रहरीमा कोरोना संक्रमण

११ जेठ, काठमाडौं । बारामा एकैदिन थप चार जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत चार जना प्रहरी कर्मचारी रहेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले पुष्टि गरे ।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सर्लाही घर भएका ४९ वर्षीय, कलैया-१६ घर भएका ३४ वर्षीय, पर्सा घर भएका ३२ वर्षीय र रौतहटको युमनामाई घर भएका ३४ वर्षीय प्रहरी कर्मचारी स‌ंक्रमित भएका हुन् ।

यसअघि मुद्दा शाखामा कार्यरत प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो । पण्डितका अनुसार पहिलो संक्रमितको कन्ट्याक ट्रेसिङको आधारमा उनीहरू सबैको जेठ ७ गते स्वाब परीक्षण गरिएको थियो ।

बालमन्दिर आइसोलेसनमा बस्दै आएका उनीहरूलाई कलैया अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए । यससँगै बारामा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये दुई जना शनिबार वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारपछि निको भएर डिस्चार्ज भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment