
११ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितको इम्युनिटी पावर बढाउन चेयवनप्रासलगायतका अन्य जडीबुटी उपलब्ध गराएको छ ।
रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउनका लागि कोरोना संक्रमितहरुलाई ५०० ग्राम चेयवनप्रास र ६० ट्याबको दरले इम्युनी केयर उपलब्ध गराइएको मेयर विजयकुमार सरावगीले जानकारी दिए ।
इम्युनिटी पावर बलियो व्यक्तिले सहजै कोरोनालाई जित्ने विश्वास रहेका कारण अस्पतालमा उपचाररत सबै संक्रमितका लागि ९९ सेट चेयवप्राससहित जडीबुटी पठाइएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4