
१२ जेठ, काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा भेटिएका कोरोना भाइरस (कोभिड-१९) संक्रमित किराना पसले भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार सोमबार थपिएका ७२ संक्रमित मध्ये दुई जना टोखाका हुन् ।
टोखा नगरपालिका ३ र ६ का २७ वर्षीय पुरुष र ४१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ‘एक जना किराना पसले भएको खबर आएको छ’ मेयर प्रकाश अधिकारीले भने, ‘दुबैलाई अस्पताल पठाउने तयारी भइरहेको छ ।’
उनकाअनुसार नगरपालिकाले तरकारी, औषधि, किराना पसल सञ्चालन गर्ने तथा जनप्रतिनिधि गरेर ३०६ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएको थियो । दुई जनाको पोजेटिभ आएको छ भने अरुको रिपोर्टबारे खबर आएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4