+
+
Shares

सर्लाहीमा दुई जनाको डुबेर मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १४:१८

१२ जेठ, जनकपुरधाम । सर्लाहीको छुट्टाछुट्टै ठाउँमा डुबेर एक बालिकासहित दुई जनाको मृत्यु भएको छ ।

बसबरिया गाउँपलिका ४ गोनर्वा निवासी बिरु पासवानकी ४ बर्षीया छोरीको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको छ । नजिकैको राम जानकी मन्दिरको पोखरीमा नुहाउने क्रममा अचानक उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, चन्द्रनगर गाउँपालिका ६ कामद बस्ने दुलार मुखियाको पोखरीमा एक जना युवक डुबेको अवस्थामा मृत फेला परेका छन् । अन्दाजी २२ बर्षीय युवकको पहिचान हुन नसकेको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी मदन कुँवरले जानकारी दिए ।

दुवै घटनाको थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?