Comments Add Comment

नेपालका सन्दीप र कुशल २० वर्ष मुनिका उत्कृष्ट खेलाडीको सूचीमा 

१२ जेठ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिममा रहेका दुई युवा स्टार विश्वका २० वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीको सूचीमा  परेका छन् ।

युएईको दी नेसनल अनलाइनलले सार्वजनिक गरेको २० खेलाडीको सूचीमा नेपालका स्पीनर सन्दीप लामिछाने र अलराउण्डर कुशल मल्लले स्थान बनाएका हुन् । सूचीमा टेष्ट खेल्ने राष्ट्रका खेलाडीहरुको वर्चस्व रहँदा एसोसिएट राष्ट्रबाट सन्दीप र कुशलसंगै युएई र स्कटल्याण्डका एक-एक खेलाडी परेका छन् ।

सन्दीप १९ र कुशल १६ वर्षका छन् । सन्दीप अहिले ग्लोबल आइकनको रुपमा चिनिन्छन् । उनले विश्वका सबै जसो टी २० लिग खेलिसके । सन् २०१६ मा कीर्तिपुरमा नामिबियाविरुद्ध खेल्दै नेपालका लागि डेब्यु गरेका सन्दीप त्यसयता निरन्तर नेपाली टिममा छन् ।

उनले नेपालका लागि १० ओडीआई २१ टी २०आई र एक फस्ट क्लास खेल खेलेका छन् । सन्दीपले विश्वकै चर्चित क्रिकेट लिग इन्डियन प्रिमियर लिग आईपीएमा दिल्लीका लागि दुई सिजन खेलिसकेका छन् ।

यस्तै घरेलु लिगमा उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय टिममा पुगेका कुशल मल्लले गत सेप्टेम्बरमा जिम्बावेविरुद्ध खेल्दै टी २०आईमा डेब्यु गरेका थिए ।

उनले गत फेब्रुअरीमा नेपालमा भएको क्रिकेट वर्ल्डकप लिग २ मा अमेरिकाविरुद्ध खेल्दै ओडीआईमा डेब्यु गरेका थिए ।

कुशलले डेब्यु खेलमै अर्धशतक प्रहार गर्दै ओडीआईमा अर्धशतक प्रहार गर्ने विश्वकै कान्छो खेलाडीको कीर्तिमान बनाएका थिए । नेपालकै रोहित पौडेलको कीर्तिमान तोडेका उनले यस लिस्टमा भारतका सचिन तेन्दुलकर पाकिस्तानका शाहिद अफ्रिदी जस्ता खेलाडीलाई पछि पारेका हुन् । कुशलले नेपालका लागि ३ ओडीआई र ६ टी २० आई खेलेका छन् ।

२० वर्ष मुनिका २० उत्कृष्ट खेलाडीको सूचीमा भारतबाट सर्वाधिक ४ तथा पाकिस्तान र बंगलादेशबाट समान ३खेलाडी अटाएका छन् ।

भारतका यजस्वी जैसवाल, रवि बिस्नोई, कार्तिक त्यागी र प्रियाम ग्राग छन् । यस्तै पाकिस्तानबाट नसिम शाह, रोहिल नाजिर र हैदर अली तथा बंगलादेशबाट सोरिफलु इस्लाम रकिबल हसन र अकबर अली छन् ।

अफगानिसताका मुजिवउर रहेमान र आफिकुल्लाह घफारी छन् भने वेष्ट इन्डिजबाट जयडेन सिल्स, अष्ट्रेलियाबाट तनविर संघा, दक्षिण अफ्रिकाबाट ब्रास मार्सन्स, इंग्ल्याण्डबाट हमिदुल्लाह कर्दी, युएईबाट जोनाथन फिगी र स्कटल्याण्डबाट टम माकिन्टोस छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment