
१३ जेठ, काठमाडौं । साउदी अरेबियाले बिहीबारदेखि लकडाउन केही खुकुलो पार्ने निर्णय गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार मक्काबाहेक पूरा मुलुकमा लगाइएको कर्फ्यु हटाउने तयारी भीरहेको छ । यद्यपि मक्कामा २१ जुनदेखि कर्फ्यु हटाउने निर्णय लागू हुनेछ ।
३१ मेपछि आन्तरिक उडान र स्वतन्त्र गतिविधिमा लगाइएको रोक रोक हटाइनेछ तर अन्तर्राष्ट्रिय उडानमा लगाइएको प्रतिबन्ध भने कायम रहनेछ । मानिसहरुलाई सार्वजनिक र निजी कम्पनीमा काम गर्ने जाने अनुमति पनि दिइनेछ । बिहीबारदेखि अहिले लगाइएको २४ घण्टे कफ्र्युलाई घटाएर समय दिउँसो तीनदेखि बिहान बजेसम्ममा झारिएको छ ।
२१ जुन पछि मस्जिदमा नमाज पढ्ने अनुमति हुनेछ । अहिलेसम्म कोरोना भाइरसको कारण ७४ हजार ७९५ जना मानिस संक्रमित भइसकेका छन् भने ३९९ जनाको यो भाइरसको कारण मृत्यु भइसकेको छ ।
स्रोत : रोयटर्स
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4