+
+
Shares

सैनिक हवल्दारको मृत्यु शंकास्पद भन्दै आफन्त शव बुझेनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १४:२१

१३ जेठ, विराटनगर । नेपाली सेनाको हिले बाहिनीमा कार्यरत हवल्दार परशुराम भट्टराईको सोमबार विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको छ ।

सुनसरी रामधुनी नगरपालिका- ३ घर भएका भट्टराई जेठ ५ गते ब्यारेकमा नै अचेत अवस्थामा भेटिएको भनी सैनिक टोलीले विराट मेडिकल कलेजमा ल्याएका थिए ।

आफन्तले भने भोलिपल्ट मात्र जानकारी पाएका थिए । घटना शंकास्पद रहेको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् र घटना छानबिनको माग गरेका छन् ।

‘मृतकको शरीरमा चोट भएकाले हामीले छानबिन गर्न माग गरेका हौं’ मृतकका छिमेकी लक्ष्मी सुवेदीले भनिन् ‘क्षतिपूर्ति रोक्ने धम्की दिएर शव बुझ्न दबाब दिइरहेका छन् ।’

आफन्तले शव बुझ्न नमानेपछि नेपाली सेनाले नै शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेको छ ।

आफन्तलाई धनकुटा जान दिइएन

घटना छानबिनको माग गर्दै मंगलबार आफन्त र छिमेकी सैनिक ब्यारेक रहेको स्थान धनकुटातर्फ गएका थिए । सुनसरीबाट धनकुटातर्फ गएका आफन्तलाई प्रहरीले भेडेटारबाटै फर्काइदिएको छ ।

प्रहरीले जान नदिएपछि घर फर्किएको मृतकका भाइले बताए । मृतकका भाइका अनुसार टाउकोको शल्यक्रिया गर्ने बेला मात्र आफन्तलाई खबर गरिएको थियो ।

‘अप्रेशनका लागि साक्षी बस्ने बेला मात्र हामीलाई जानकारी भयो’ सुरक्षा निकायमै कार्यरत उनका भाइले भने ‘हामी पुग्दा अवस्था गम्भीर थियो, शरीरमा चोटहरु पनि छन् ।’

लकडाउन भएकाले रोक्यौं

नेपाली सेना हिलेका गणपति यामप्रसाद ढकालले भट्टराई आफैं लडेको अवस्थामा भेटिएको बताए ।

घटनाबारे बुझ्न भनी लकडाउनको समयमा धेरै मानिस आएका कारण प्रहरीले बाटोबाटै फर्काएको उनी बताउँछन् । २-४ जना आफन्त आउन भने पनि छरछिमेकीसहित धेरै जना आएका कारण प्रहरीले रोकेको उनले बताए ।

‘हामीले २-४ जना आउनुहोस् भन्दा उहाँहरु धेरै आउनु भएको रहेछ, कोरोना संक्रमणको जोखिम पनि हुन्छ’ ढकालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?