+
+

क्रिएशन र कोका-कोलाद्वारा नेपालका ३२०० सफाईकर्मीलाई राहत वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १३ गते १७:३१

१३ जेठ, काठमाडौं । नेपालमा द कोका—कोला फाउनडेशन र क्रिएशनले संयुक्त पहलमा सफाईकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टको घोषणा गरिएको छ ।  कोरोना महामारीमा अग्रपंक्तिमा रहेका सफाईकर्मी र उनीहरूका परिवारहरूलाई कोभिड–१९ को नकारात्मक असरबाट बचाउन सुरक्षा तथा राहत सामग्रीहरू प्रदान गरिएको हो । परियोजना द कोका—कोला फाउन्डेशनको कोभिड—१९ बिरूद्ध लड्न रु ८ करोड सहयोग गर्ने प्रारम्भिक प्रतिबद्धताको एक हिस्सा रहेको कम्पनीले जनाएको छ ।

यस परियोजनाको पहिलो कार्यक्रम जेठ २ गते काठमाडौंको बुढानिलकण्ठ स्थित वुमन फर ह्यूमन राइटसमा आयोजना गरिएको थियो । जहाँ १५० सफाईकर्मीहरुलाई सुरक्षा सम्बन्धी जागरूकताका साथ राहत सामग्री पनि वितरण गरिएको थियो ।

हालसम्म चार स्थानमा राहत कार्यक्रमहरू सञ्चालन भइसकेका छन् जसबाट ४ सय ३ सफाईकर्मीहरू प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् । उनीहरुलाई सुरक्षा सम्बन्धी जागरूकता कार्यक्रम, पाँच जनाको परिवारलाई एक महिनासम्म पुग्ने खाद्यान्न राहत प्याकेज र महिलाहरूको लागि डिग्निटी किट प्रदान गरिएको छ । जसमा प्राथमिक आवश्यकता सुनिश्चित गर्न, उनीहरूको स्वास्थ्य सुरक्षाको लागि वातावरण मैत्री र पुनः प्रयोग योग्य सेनेटरी प्याडको साथसाथै व्यक्तिगत स्वच्छता सामग्रीहरू साबुन, पञ्जा र आवश्यक औषधिहरू प्रदान गरिएको छ ।

यसबाहेक, जेठ २६ गते १ सय जना सफाईकर्मीहरुलाई रक्षात्मक गाउन र सुरक्षा सामग्रीहरू प्रदान गरिने बताइएको छ । सो कार्यक्रम काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यको उपस्थितिमा सम्पन्न हुने परियोजना अधिकृत सुजाता कोइरालाले जानकारी दिएकी छिन् ।

क्रिएशनको पहलमा गरिएको यस परियोजनामा वुमन फर ह्युमन राइट, डोको रिसाईकलर्स, ब्लू वेस्ट टू भ्यालु, नेप्सेम्याक र हिमालयन क्लाइमेट इनिसियटिभले आ-आफ्नो सन्जालमा रहेका सफाइकर्मीहरुलाई राहत वितरण गराएर यस परियोजनाको पहुँचलाई व्यापक बनाउन मद्दत गर्ने भएका छन् ।

यो परियोजनाको उद्देश्य कोरोना र लकडाउनका कारण संकटको अवस्थामा परेका करिब ३२०० सफाईकर्मीहरु र उनीहरुका परिवारजनको सुरक्षा र जीविकोपार्जन सुनिश्चित गर्ने हो । परियोजनाले काठमाडौं, कीर्तिपुर, ललितपुर, भक्तपुर, चितवन, सप्तरी र सिराहाका विभिन्न नगरपालिकाहरूमा भएका सफाईकर्मीको उथानमा मद्दत पुर्याउने छ ।

यस पहलका बारेमा क्रिएशनका संस्थापक तथा अध्यक्ष आनन्द मिश्रले भने, “यस कोभिड—१९ को महामारीको स्थितिमा फोहोर व्यवस्थापनमा कार्यरत सफाईकर्मीहरुको भूमिका ज्यादै महत्वपूर्ण छ । रोगको डर भएपनि आफ्नो जिम्मेवारीलाई निरन्तरता दिएर उनीहरु निरन्तर आफ्नो काममा अग्रपंतिमा रहेर लागि परेका छन् । उनीहरुको यस योग्दानको कदरस्वरुप हामीहरुले यो परियोजनाको थालनी गरेका हौँ । द कोका—कोला फाउन्डेशनको सहयोगमा क्रिएशनद्वारा शुरु गरिएको यस परियोजनाले हाम्रा सफाइकर्मीहरुको जीवनमा सहजता ल्याउंछ भन्ने आशा राखेको छु ।”

त्यस्तै वुमन फर ह्यूमन राइटकी संस्थापक लिली थापा भन्छन् ‘सफाईकर्मीहरुहरु पनि अन्य व्यवसायहरु जत्तिकै अग्रपंक्तिमा रहेका छन् र व्यक्तिगत स्तरबाट हामीहरुले कम्तिमा उनीहरुको लागि गर्न सक्ने भनेको आफ्नो घरको फोहोर बुझाउनु र फाल्नु अघि बेग्लाबेग्लै छुटाईदिएर मात्र बुझाउन सक्छौं । यसबाहेक, यस्ता पहलहरू सामूहिक एकताबद्ध र उनीहरुको कामप्रति सम्मान देखाउने उत्तम तरिका पनि हो ।’

कोका-कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, ‘कोभिड-१९ महामारीले निकै चुनौतिपूर्ण समय निम्त्याएको छ । हामी सबै यस मुस्किल परिस्थितिको सामना गरिरहेको बेला अग्रपंतिमा काम गरिरहेका र महामारीका कारण जोखिममा रहेका सफाईकर्मीलाई निकै गार्हो भएको छ । हामी यस राहत परियोजना मार्फत, उनीहरुले कोरोना भाइरसको नकारात्मक परिणामहरू भोग्न नपरोस् भनेर सुरक्षा र उनीहरुको जीविकोपार्जनको रक्षा गर्न प्रयासरत छौं । यो कोभिड-१९ महामारीको लडाइमा हामी सबै सफाईकर्मीहरुका साथमा छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?