Comments Add Comment

दक्षिण कोरियामा एकैदिन भेटिए अप्रिल ८ यताकै धेरै संक्रमित

१४ जेठ, काठमाडौं । दक्षिण कोरियामा एकैदिन अप्रिलको सुरुयताकै सबैभन्दा धेरै संक्रमित फेला परेका छन् । बुधबार दक्षिण कोरियाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ४० नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा भेटिएका संक्रमितमध्ये ३७ जना स्थानीय संक्रमित थिए । बुधबार सार्वजनिक गरिएको दैनिक संक्रमितको संद्यया अप्रिल ८ यताकै सबैभन्दा धेरै हो । अप्रिल ८ मा दक्षिण कोरियामा ५३ जना संक्रमित फेला परेका थिए । त्यसयता दक्षिण कोरियामा औसतमा दैनिक ३० वा सोभन्दा कम कोरोना भाइरसका संक्रमित देखिँदै आएका छन् ।

दक्षिण कोरियाको राजधानी सोलस्थित इटाइवोनको बार र नाइटक्लबमा संक्रमित भेटिएपछि दक्षिण कोरियामा नयाँ संक्रमितको संख्यामा उल्लेख्य वृद्धि भएको हो । मे ९ मा उक्त क्षेत्रमा कोरोना भाइरसका संक्रमित फेला परेयता अहिलेसम्म यो क्षेत्रसँग सम्बन्धित २५० भन्दा बढी संक्रमित फेला परिसकेका छन् ।

अहिलेसम्म दक्षिण कोरियामा कोरोना भाइरसका ११ हजार २६५ संक्रमित फेला परेका छन् भने २६९ जनाको मृत्यु भएको छ ।

स्रोत :सीएनएन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment