+
+

२५ बर्षको उमेरमा ‘क्राइम पेट्रोल’ अभिनेत्री प्रेक्षाले गरिन् आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १४ गते १३:३६

‘क्राइट पेट्रोल, लाल इश्क, मेरी दुर्गा’ जस्ता सिरियलमा काम गरिसकेकी कलाकार प्रेक्षा मेहत्ताले सोमबार आत्महत्या गरेकी छिन् । उनले, सोमबार बेलुकी आफ्नै घरमा आत्महत्या गरेकी हुन् ।

उनले सुसाइड नोट पनि लेखेकी छिन् । उनले, आफ्ना सपनाहरु टुटेपछि आत्मविश्वास पनि हराएको लेखेकी छिन् ।

२५ बर्षको उमेरमा आत्महत्या गरेकी प्रेक्षाले सुसाइट नोटमा लेखेकी छिन्–‘म मेरो मरिसकेका सपनाको साथमा बाँच्न सक्दिनँ । यस्तो नकारात्मक कुरालाई लिएर बाँच्न मुश्किल छ । ’

गएराती उनका परिवारका सदस्यहरु तास खेलिरहेका थिए । प्रेक्षा भने एक्लै बसिरहेकी थिइन् । बेलुकी १० बजे आफ्नो कोठामा पुगेपछि प्रेक्षाले सामाजिक संजाल इन्स्टाग्राममा ‘मानिसको सपना मर्न थाल्नु नै सबै भन्दा खराब समय हो’ भनेर लेखेकी थिइन् । मंगलबार बिहान पंखामा झुन्डिएको अवस्थामा उनको लास परिवारका सदस्यले देखेका थिए । प्रेक्षा मनोरञ्जनको दुनियाँमा पाइला राख्ने परिवारकै पहिलो सदस्य थिइन् ।

लक डाउनका कारण उनी मुम्बइबाट आफ्नो घर पुगेकी थिइन् । पछिल्लो एक बर्षदेखि काम नपाएका कारण प्रेक्षा डिप्रेशनमा पनि थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?