Comments Add Comment

भेरी नदीमा बेपत्ता तीन युवक खाेज्न गाेताखाेर टाेली परिचालन

१४ जेठ, काठमाडौं । रुकुमको चौरजहारी घटनापछि भेरी नदीमा बेपत्ता भनिएका तीन जना युवकको खोजीमा सशस्त्र प्रहरीको तालिम प्राप्त गोताखोर टोली परिचालित भएको छ ।

जाजरकोटस्थित सशस्त्र प्रहरी बलको आश्रीत गुल्मबाट डीएसपीको कमाण्डमा ४ जनाको गोताखोर टोली र सशस्त्र प्रहरी बल नम्बर ४७ गुल्म पश्चिम रुकुमबाट सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा ४ जना विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीसहित १८ जनाको टोली परिचालित भएको हो ।

शनिबार राति रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको थियो भने गाउँलेको आक्रमणबाट बच्न अन्य ६ जना भेरी नदीमा हामफालेका थिए ।

जसमध्ये तीन जनाको शव फेला परिसकेको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment