Comments Add Comment

सय बर्षभन्दा बढी बाँच्नेहरुको खानपान र जीवनशैली कस्तो छ ?

केरोना भाइरसको कारण धेरैजनाले अकालमै ज्यान गुमाइरहेका छन् । कोरोना मात्र होइन यस्ता थुप्रै रोग छन्, जसले मान्छेलाई पूर्ण आयु बाँच्न दिएकोृ छैन । पुरा आयु बाँच्न नपाई मृत्युको मुखमा धकेल्दैछ ।

यस्तो पृष्टभूमीमा कसैले ‘जीवेत शरदः शतम्’ अर्थात सय बर्ष बाँच्ने आर्शिवाद दिन्छन् भने के त्यो आर्शिवाद सत्य सावित होला ? आखिर कसरी सय वा त्यो भन्दा बढी बर्ष बाँच्न सकिन्छ ?

यो प्रश्नको जवाफ खोज्न हामी त्यही भेगका मानिसहरुलाई भेट्न सक्छौं, जहाँका मानिसहरु तुलनात्मक रुपमा लामो आयु बाँच्छन् । अक्सर सय बर्ष भन्दा बढी ।

आखिर लामो उमेरको राज के हो ? त्यस भेगका मान्छेहरु सबैभन्दा बढी कति बर्षसम्म बाँच्छन् ?

मध्य अमेरिकी मुलुक कोस्टारिकाको निकोया, इटलीका सार्डीनिया, युनानको इकारिया, जापानको ओकिनावा र अमेरिकाको क्यालिफोर्नियाको राज्य लिन्डा । यो विश्वका त्यस्ता ६ स्थान हुन्, जसलाई वैज्ञानिकले ‘ब्लु जोन’ भनेका छन् । यी स्थानमा बसोबास गर्नेहरुको उमेर बाँकी विश्वकै मान्छेहरुको भन्दा बढी छ । उनीहरु सय बर्षभन्दा बढी उमेर बाँच्ने गर्छन् ।

इटलीका महामारी विशेषज्ञ गियान्नी पेश र बेल्जियमका आबादी  विशेषज्ञ माइकल पोउलेनले यी भेगलाई सबैभन्दा पहिला ‘ब्लु जोन’को संज्ञा दिएका थिए । त्यसपछि पेस र पोउलेनसहित अमेरिकी पत्रकार डैनी ब्युटेनर मिलेर यी ६ स्थानको बारेमा पुस्तक समेत लेखे ।

लामो आयुको रहस्य

डैनी ब्यूटेनरले आफ्नो पुस्तकका लागि खोज गरिरहँदा के पाए भने ब्लु जोनमा रहनेहरुको जिन्दगीको केही खास विशेषता थियो ।

पहिलो कुरा त खानपान । ब्लु जोनमा रहने व्यक्तिहरु कम खाना खान्थे । जस्तो कि, जापानको ओकिनावमा मान्छेहरु ८० प्रतिशत पेट भरिएपछि खाना छाड्थे । वैज्ञानिकहरुले भन्दै आएका छन् कि यदि हामीले १० प्रतिशत कम क्यालोरी लिने हो भने यसले उमेर बढ्नेको गति धीमा बनाइदिन्छ । अर्थात आयु बढ्छ ।

हार्वर्ड युनिभर्सिटीका जीवन विशेषज्ञ डी. गोविन्दराजु भन्छन् कम खानाले हाम्रो डीएनएमा हानिकारक परिवर्तन हुँन पाउँदैन ।

अर्को कुरा, ब्लुज जोनमा रहने व्यक्तिहरु शाकाहारी खानामा जोड दिन्छन् । यसले पनि उनीहरुको मेटाबोलिज्म अर्थात खाना पचाउने क्षमतामा सकारात्मक असर पर्छ ।

आध्यात्मिक सम्बन्ध

खानपानका आनीबानीका साथै ब्लु जोनमा रहने व्यक्तिहरुको सामाजिक जीवन पनि महत्वपूर्ण रहेछ । यी सबै क्षेत्रका मान्छेहरु यस्तो समुदायमा रहन्छन्, जसको बीच आपसी सम्बन्ध बलियो र सुमधुर छ । विभिन्न अध्ययनबाट के थाहा भएको छ भने सामाजिक सम्बन्ध बलियो र सुमधुर हुँदा त्यसले तनाव कम गर्छ । मित्रता वा सामाजिक सम्बन्ध हाम्रो मानसिक र शारीरिक गतिविधिका लागि राम्रो मानिन्छ । राम्रो सम्बन्धले हाम्रो स्वास्थ्यमा त्यस्तै किसिमको प्रभाव पाछर्ट जसरी खानपानले ।

सय बर्षभन्दा बढी उमेरसम्म बाँच्नका लागि धार्मिक आस्थाले पनि अह्म भूमिका खेलको छ । किनकी ब्लु जोनमा बस्नेहरु धार्मिक आस्था राख्नेहरु छन् । जस्तो कि क्यालिफोर्नियाको लोमा लिन्डामा बस्नेहरु सेभेन्थ डे एडवेन्टिस्ट चर्चका अनुयायी हुन् । त्यसैगरी कोस्टारिकाको निकोया र इटलीका सार्डीनियामा बस्नेहरु क्याथलोकि ईसाई हुन् । ग्रीसको इकारिया द्विपमा बस्नेहरु ग्रीक अर्थोडक्स चर्चमा विश्वास गर्छन् ।

डैन ब्युटेनरले आफ्ना पुस्तकमा लेखेका थिए कि उनले ब्लु जोनमा करिब अढाई सय मान्छेसँग कुराकानी गरे । उनीहरु सबै कुनै न कुनै आध्यात्मिक समुदायका हिस्सा थिए ।

धर्मिक आस्थाले हाम्रो जीवनमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्छ । यदि तपाईं दुःखी वा समस्याग्रस्त हुनुहुन्छ भने आध्यात्मिक शरण लिनुहोस्, यसले तपाईंलाई लाभ मिल्नेछ ।

एक कप चिया र कफी

ग्रीसको इकारिया द्वीपमा बस्नेहरु दिनमा केही पटक चिया वा कफी पिउने गर्छन् । जानकारका अनुसार दिनमा यी तातो पेय पदार्थको सेवनले मुटुको रोग टाढा राख्छ । किनकी यसमा केही पोषक तत्व हुन्छ, जस्तो कि म्याग्नेसियम, पोटासियम, नियासिन र भिटामिन इ पाइन्छ ।

यी पेयको मद्दतले टाइप २ डाइबिटिजबाट बचाउँछ । साथै खाना पचाउनमा पनि सहयोग गर्छ ।

मीठो तीतो समाधान

जापानको ओकिनावा द्वीपमा बस्नेहरु सखरखण्ड र करेला अत्याधिक मात्रामा खाने गर्छन् । खरखण्डमा भिटानि ए, सी र इ प्रचुर मात्रामा हुनछ । यसमा पाइने पाटोशियमले ब्लड प्रेसर नियन्त्रण गर्छ । शखरखण्डमा फाइबर पनि पर्याप्त हुन्छ । यसैगरी करेलाले मधुमेहको जोखिमबाट बचाउँछ ।

प्राकृतिक सुन्दरता

ब्लु जोनको संज्ञा दिइएका स्थानहरु प्राकृतिक रुपमा पनि सुन्दर छन् । जस्तो कि इटलीका सार्डीनिया । यो पहाडी भेग एकदमै सुन्दर छ । यहाँ खेती गर्नेहरु पहाडमा चढ्ने र झर्ने गर्छन् ।

संयमका सिद्धान्त

कुल मिलाएर भन्ने हो भने ब्लु जोनमा रहने व्यक्तिहरुको लामो उमेरको रहस्य एक मात्र छैन, अनेक छन् ।

फल र सब्जीको भरपुर सेवन तर खाना कम । नियमित रुपले शारीरिक श्रम वा काम गर्नु । कफी पिउनु । आफुमा आध्यात्मिक गुणको विकास गर्नु ।

बिबिसी हिन्दी अनलाइनबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment