Comments Add Comment

कृषि मन्त्रालयको बजेट ७ अर्बले बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि  ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो ।

बिहीबार प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको समेत बताएका छन् ।

यस्तै, अनुदानको मल खरिदका लागि बजेटले ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । जुन चालु आबको तुलनामा २ अर्ब रुपैयाँले बढी हो।

जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत खेतीयोग्य जमिन सिँचाइको लागि साना ट्युबेल तथा राष्ट्रिय गौरवका सिँचाइ आयोजनाका लगि दुई अर्ब ३२ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। जुन चालु आवको भन्दा कम हो ।

चालु आर्थिक वर्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ३४ अर्ब ८० करोड रुपैयाँ विनियोजना गरिएको थियो । जसमध्ये प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका लागि ८ अर्ब १० करोड तथा मल खरिदका लागि ९ अर्ब बजेट विनियोजन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment