+
+
Shares

मौसमविद भन्छन्– पश्चिमी भेगमा आज दिनभर पानी पर्छ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १६ गते ७:५३

१६ जेठ, काठमाडौं । नेपालको पश्चिमी भागमा आज दिनभर बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौं उपत्यका भने बिहानमा पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ ।

मौसमविद गंगा नगरकोटीले काठमाडौं उपत्यकामा दुई–तीन बजेतिर पुनः बादल विकसित भएर वर्षा हुन सक्ने बताउँदै अनलाइनखबरसँग भनिन्, ‘पश्चिम भूभागमा चाहिँ आज दिनभरी आकास खुल्ने सम्भावना छैन ।’


त्यसैले बाढी सूचना केन्द्रले पनि पश्चिमका जिल्लाहरुका नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सूचित गरेको छ ।

केन्द्रका अनुसार वर्षाका कारण हाल कास्की, गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । थप वर्षा पनि हुन सक्ने र ससाना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पूर्वी भूभागमा निम्न चापिय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा भएको हो ।

मौसमविद गंगा नगरकोटीका अनुसार अहिले मध्य भूभागको तराई र पूर्वी भूभागको तराई क्षेत्रका जिल्लामा मौसम सफा छ । तर, पूर्वी भूभागको पहाडी जिल्लाहरुमा भने बादल लागेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?