Comments Add Comment

आमाको हत्यापछि आत्महत्या, बचाउन छाडेर भिडियो खिच्न ब्यस्त

१६ जेठ, विराटनगर । बिहीबार दिउँसो मोरङ बेलबारी नगरपालिका–४, काकुमका ३१ वर्षीय जीवन लिम्बूले आफ्नै आमाको हत्यापछि आत्महत्या गरेका छन् । सामान्य विवादमा आमाको हत्या गरेका जीवनले आत्महत्या गरेका हुन् ।

बिहान करिब साढे ११ बजे खाना खाने क्रममा विवाद हुँदा आमालाई इँटाले टाउकोमा प्रहार गरे । टाउकोमा चोट लागेका कारण ढलेकी देवीमायाले घटनास्थलमै प्राण त्यागिन् ।

रिसाएका जीवन भने घरबाट निस्किए । बाटोमा हसियाले आफ्नो घाटी रेट्ने प्रयास गरे । तर, सकेनन् । त्यसपछि छिमेकीको भान्सामा प्रवेश गरे । भान्सामा तरकारी काट्ने चक्कुले घाँटी रेटे ।

आफ्नै घरमा आगो लगाएपछि बुधबार पक्राउ परेका जीवनले त्यसकाे भाेलिपल्ट आमाको हत्या गरेर आत्महत्या गरेका छन्

बाक्लो गाउँ भएका कारण ५–७ जना भेला भए । तर गाउँलेहरुले उनलाई रोक्न सकेनन् । केही व्यक्तिचाहिँ भिडियो खिच्न व्यस्त रहे । सामाजिक सञ्जालमा हाल्नका लागि भिडियो खिच्न तछाड मछाड भयो । २ जनाले जीवनलाई के गरेको नगर भन्दै छेउमा जाने प्रयास गरे । तर, डराए ।

जीवन ढलेपछि गाउँलेले बल्ल प्रहरीलाई फोन गरे । करिब आधा घण्टापछि पुगेको प्रहरीले होसमै रहेका जीवनलाई बेलबारीको नोबेल सामुदायिक अस्पतालमा पुर्‍याएकाे केही समय पछि उनको मृत्यु भयो ।

जिल्ला प्रहरी कार्यालय, मोरङका डीएसपी मानबहादुर राई केहीले भिडियो खिचे पनि केहीले रोक्ने प्रयास गरेको बताउँछन् । स्थानीयले प्रहरीलाई खबर गरेको बताउँदै उनले घटना दुःखद् भएको बताए ।

लागूऔषध प्रयोगकर्ता लिम्बू मानसिक रोगी पनि थिए । घरमा आगो लगाउने प्रयास गरेपछि प्रहरीले सम्झाएर छाडेको उनले बताए ।

प्रायः नशामा हिँड्ने जीवन घरमा आमासँग बस्दै आएका थिए । आमासँग विवाद हुँदा उनले घरको खाटमा आगो लगाउने प्रयास गरेका थिए ।

घरभित्र आगो लगाएपछि बुधबार स्थानीयले प्रहरीलाई खबर गरे । प्रहरीले जीवनलाई पक्राउ गरेर लगेको थियो । केही समय थुनामा राखेर प्रहरीले छाडेको थियो । हिरासतबाट निस्किएका जीवनले आमाको हत्या गरेर आफूले पनि छिमेकीहरुकै सामुन्नेमा आत्महत्या गरेका हुन् ।

जीवन गाँउघरमा प्रायः नशामा देखिन्थे । घरमा प्रायः आमासँग विवाद भइरहन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment