+

पीएसजीले गर्‍यो माउरो इकार्डीसँग स्थायी सम्झौता, २०२४ सम्म पेरिसमै रहने

२०७७ जेठ  १८ गते १९:११ २०७७ जेठ १८ गते १९:११
पीएसजीले गर्‍यो माउरो इकार्डीसँग स्थायी सम्झौता, २०२४ सम्म पेरिसमै रहने

१८ जेठ काठमाडौं । फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजीले) माउरो इकार्डीसँग स्थायी सम्झौता गरेको छ ।

२०१९-२० को सिजन इटालियन क्लब इन्टरबाट लोनमा फ्रानस गएर खेलेका स्ट्राइकर इकार्डीसँग पीएसजीले चार वर्षका लागि सम्झौता गरेको हो ।

बेलायती अनलाइन डेली मेलका अनुसार पीएसजीले इकारडीका लागि ५२ मिलियन पाउण्ड खर्च गरेको छ ।

अब उनी ३० जुन २०२४ सम्म पीएसजीमा रहनेछन् । २७ वर्षीय अर्जेन्टाइन इकार्डीले राष्ट्रिय टिमका लागि ८ खेल खेलेका छन् । उनीसँग इटालियन पासपोर्टसमेत छ ।

रोसारियोमा जन्मेका इकार्डी पीएजीमा खेल्ने १६औं अर्जेन्टाइन खेलाडीसमेत हुन् । उनले २०१९-२० सिजनमा पीएसजीका लागि ३१ खेल खेल्दै २० गोल गरेका थिए । पहिलो सिजनमै उनले लिग वानको उपाधिसमेत जिते ।

कोरोनाभाइरस महामारीका कारण लिग वान रद्द गरिएपछि मार्सेलाई १२ अंकले पछि पार्दै शीर्ष स्थानमा रहेको पीएसजीलाई नै विजेता घोषणा गरिएको हो ।

इकार्डीको बहिगर्मनबारे इटालियन क्लबले विज्ञप्ति जारी गर्दै ६ सिजन क्लबमा बिताएको धन्यवाद दिएको छ ।

पीएसजी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय