+
+
Shares

रुकुम घटनाको अनुसन्धानमा सीआईबी पनि खटियो

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १६:०७
नदीमा बेपत्ताको खोजीमा खटिएका सुरक्षाकर्मी । फाइल फोटो

१९ जेठ, काठमाडौं । रुकुमको चौरजहारी घटनाको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली पनि खटिने भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि सीआईबीको टोली पनि खटिन लागेको हो ।

ब्युरो स्रोतका अनुसार घटनाको प्राविधिक पक्षको विश्लेषणका लागि ब्युरोको टोली रुकुम जान लागेको छ ।

जेठ १० गते प्रेमिकाले बोलाएपछि विवाहका लागि रुकुम पश्चिम गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विक र उनका साथीहरु स्थानीयको आक्रमणमा परेका थिए । त्यस क्रममा विकसहित ५ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । १२ जना घाइते छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?