+
+
Shares

कर्तव्य ज्यान उद्योग मुद्दामा फरार युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १९:४५

१९ जेठ, जनकपुरधाम । सिरहामा प्रहरीले कर्तव्य ज्यान उद्योग मुद्दामा फरार रहेका एक युवक पक्राउ गरेको छ । गाउँमा बादविवाद गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।

मिर्चैया नगरपालिका ३ बस्ने २० बर्षीय दीपा भनिने दीपनारायण यादवलाई पक्राउ गरिएको सिरहा प्रहरीका प्रवक्ता विनोद घिमिरेले बताए ।

यादवले २०७४ साल वैशाख १० गते गाउँकै ४७ वर्षीय राजेन्द्र यादवलाई लाठी, भाला, फर्साले ज्यान मार्ने नियतले प्रहार गरेको प्रहरीको भनाइ छ ।

यादव गाउँ घरमा वादविवाद गरी शान्ति सुरक्षामा खलल पुर्‍याइरहेको अवस्थामा सोमबार इलाका प्रहरी कार्यालय मिर्चैयाको टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिएपछि उनी कर्तव्य ज्यान उद्योग मुद्दामा फरार व्यक्ति रहेको खुलेको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?