Comments Add Comment

लाइपजिग तेस्रो स्थानमा

२० जेठ, काठमाडौं । जर्मन बुण्डेसलिगा अन्तर्गत गएराति भएको एक मात्र खेलमा आरबी लाइपजिगले एफसी कोल्नलाई ४-२ ले पराजित गरेको छ ।

सन् १९९५ यता पहिलो पटक बुण्डेसलिगा जुनमा खेलाइएको हो । अहिले कोरोनाभाइरस महामारीका कारण २ महिनाभन्दा बढी समय लिग स्थगित भएकोले जुनमा पनि जर्मन लिगको खेल खेलाइएको हो ।

कोलोनमा भएको खेलमा घरेलु टोलीले जोन कोर्डोबाको गोलमार्फत सातौं मिनटमा पहिले अग्रता लिएको थियो ।

२०औं मिनेटमा लाइपजिगका लागि प्याट्रिक सिकले बराबरी गोल फर्काए ।

क्रिस्टोफर एनकानुले ३५औं मिनेटमा गोल गर्दै लाइपजगिलाई पहिलो हाफमा २-१ अग्रता दिलाए ।

दोस्रो हाफमा लाइपजगिले २ गोल गर्दा कोल्नले एक गोल गर्यो । सात मिनेटमा सबै तीन गोल भएको थियो ।

५०औं मिनेटमा टिमो वेर्नलरे गोल गरेपछि लाइपजगिले ३-१ को अग्रता बनाएको थियो । वेर्नरको यो सिजन लिगमा २५औं गोल हो । २५ मध्ये यो उनको १५औं अवे गोल हो ।

५५औं मिनेटमा कोल्नका एन्टोनी मोडेस्टेले कोल्नका लागि गोल गरेपछि गोलअन्तरम कम भएको थियो । तर ५७औं मिनेटमा डानी ओल्मोले गोल गर्दै लाइपजगिलाई ४-२ को जित दिलाए ।

जितपछि २९ खेलबाट ५८ अंक जोड्दै लाइपजिग तेस्रो स्थानमा उक्लेको छ । दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग लाइपजगले अंकदूरी २ मा झारेको छ । ६७ अंकसहित बायर्न म्युनिख शीर्ष स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment