Comments Add Comment

प्रहरीको दाउरा वनको नियन्त्रणमा

२० जेठ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय उदयपुरले दाउरा बाल्नका लागि अवैध रुपमा ल्याउँदै गरेको तीन ट्याक्टर काठ डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको छ ।

देउराली सामुदायिक वनबाट मेसमा खाना पकाउन ल्याउँदै गरेकाे उक्त परिमाणकाे काठ वन कार्यालयले नियन्त्रणमा लिएको हो ।

मन्त्री परिषदको २०७७ जेठ १५ को निर्णयअनुसार वन पैदावार देशभर ओसार पसार र ढुवानीमा प्रतिबन्ध लगाएको बेला जिल्ला प्रहरी कार्यालयले वन समूहबाट अवैध रुपमा दाउरा लगेकोले नियन्त्रण लिनु परेको डिभिजन वन कार्यालय उदयपुर त्रिवेणीले जनाएको छ ।

नियन्त्रणमा लिएको दाउरा र ट्याक्टर शसस्त्र वन सुरक्षा शाखा लालपत्तामा राखिएको छ । अवैध रुपमा जिल्ला प्रहरीको चिठीको आधारमा वन समूहले दाउरा दिएकाले समूहलाई कारबाही गरिने डिभिजन वन कार्यालय उदयपुर त्रिवेणीले जनाएको छ ।

वन कार्यालयले वन समूहका पदाधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको सहायक वन अधिकृत हिरा शर्माले जानकारी दिए । अहिले समूहका पदाधिकारीलाई नियन्त्रणमा लिएका छौं, अनुसन्धानबाट प्रहरीको समेत संलग्नता देखियो भने प्रहरीलाई समेत कारबाही प्रक्रिया अगाडि बढाइने सहायक वन अधिकृत हिरा साहले बताए ।

जिल्ला प्रहरीले जेठ ११ गते देउराली सामुदायिक वन समूहलाई पत्र लेखेर दाउरा उपलब्ध गराइदिन अनुरोध गरेको थियो । सोही पत्रको आधारमा दाउरा उपलब्ध गराइएको वन समूहले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा दाउरा ल्याउने जिल्ला प्रहरी कार्यालयका कोर्टमास्टरलाई विभागीय कारबाही गरिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment