+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

संसदीय समितिको निर्देशन : क्वारेन्टिन मापदण्ड अनुसार सञ्चालन गर

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १८:१८

२० जेठ, काठमाडौं । देशका विभिन्न भागमा रहेका अधिकांश क्वारेन्टिनको अवस्था भद्रगोल रहेको ठहर गरेको छ ।

क्वारेन्टिनमा मापदण्ड अनुसार खाने, बस्ने र आधारभूत स्वास्थ्यमा कमी देखिएको भन्दै समितिले तीनै तहका सरकार मिलेर यसको व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

आफू नै विभिन्न क्वरेन्टिनको अवलोकनमा पुगेको भन्दै समिति सभापति कृष्णभक्त पोखरेलले भने, ‘मैले पुगेर अवलोकन गरेका कुनैपनि क्वारेन्टिनमा मापदण्ड पुगेको छैन ।’

समितिले यसअघि पनि क्वरोन्टाइनको सही व्यवस्थापन गर्न, पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गर्न र स्वास्थ्य सामग्रीको उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

‘समितिका तर्फबाट दुई पटक निर्देशन दिइसकेका छौं, कोरोना परीक्षण र क्वारेन्टिन व्यवस्थापनका सन्दर्भमा । यसपटक थप निर्देशन विगतको निर्देश्न कार्यान्वयनका लागि पनि हो’ सभापति पोखरेलले भने ।

समिति बैठकमा सांसदहरुले क्वारेन्टिनमा रहेकाहरुको मृत्यु हुन थालेको, मृत्यु भएपछि मात्र कोरोना परीक्षणका लागि स्वाब लिने गरिएको बताएका थिए ।

नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले भने, ‘क्वारेन्टिनमा रहेकाहरुको मृत्यु भएपछि स्वाब लिन थालियो के गर्ने सभापतिज्यू ?’

समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियाले सीमा क्षेत्रमा रहेका क्वारेन्टिनको अवस्था भद्रगोल रहेको बताएका थिए ।

क्वारेन्टिनबाट नै कोरोना सर्ने खतरा रहेको भन्दै उनले यस विषयमा सरकारले तत्काल कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?