Comments Add Comment

रंगभेदविरुद्ध घुँडा टेकेर विरोध गर्न आह्वान

२० जेठ काठमाडौं । ‘किक इट आउट’ ले सबै फुटबल खेलाडीहरुलाई जर्ज फ्लोएड हत्याको घुँडा टेकेर विरोध गर्न आग्रह गरेको छ । किक इट आउटमा चेयरम्यान सन्जय भण्डारीले सबै फुटबलरले विरोध जनाउनुपर्ने र यसका लागि फुटबल एसोसिएसनले कुन कारवाही गर्न नहुने बताएका छन् ।

मिनेयापोलिसका प्रहरीले अफ्रिकन अमेरिकन फ्लोयडलाई ९ मिनेटसम्म घुँडाले टेकेर हत्या गरेपछि अहिले अमेरिका लगायत विश्वभर यसको विरोध भइरहेको छ ।खेलकुद क्षेत्र समेत अहिले यसको विरोधमा उत्रिएको छ ।

जर्मन बुण्डेसलिगा अन्तर्गत खेलका क्रममा बोरुसिया डर्टमण्डका जाडोन सान्चो अच्रफ हाकिमी र बोरुसिया मोन्चेन ग्लाडबाकका मार्कुस थुरामले जस्टिस फर फ्लोयड लेखिएको सर्ट लगाएर यसको विरोध गरेका थिए ।

फुटबलबाट रंगभेदी र असमानता हटाउने अभियानमा खोलिएको किट इट आउटका चेयरम्यान भण्डारीले यस्तो विरोधले शक्तिशाली तस्बिर बन्ने बताए ।

‘यदि उनीहरुलाई विरोध गर्न मन लाग्छ भने उनीहरुले गर्न सक्छन् । उनीहरुले निर्धक्क भएर यसो गर्नुपर्छ’ भण्डारीले बीबीसी रेडियो फोरको कार्यक्रममा भनेका छन् । ‘आफ्नो विचार राख्न पाउन मानव अधिकार हो ।मेरो सल्लाह उनीहरुले घुँडा टेकेर विरोध गर्नुपर्छ ।’

भण्डारीले कुनै खेलाडीले गोल गर्दा यसो गरेका सबै टिमले नै गर्ने र रेफ्रीले सबै टिमलाई नै कार्ड देखाउन नसक्नेसमेत बताए ।

सोमबार प्रिमियर लिग क्लब लिभरपुलका खेलाडीले एनफिल्डमा प्रशिक्षणका क्रममा गोल घेरामा घुँडाले टेकेर फोटो खिचाउँदै यसको विरोध जनाएका थिए ।

यसैगरी म्यानचेष्टर युनाइटेडका खेलाडी पउल पोग्वा र मार्कुस राशफोर्डले पनि रंगभेदविरुद्ध आफ्नो आवाज उठाएका छन् ।

क्रिकेटर क्रिस र ड्यारेन सामीले समेत क्रिकेटमा पनि यस्तो खालको रंगभेदी दुर्व्यवाहर हुने गरेको बताएका छन् । अझै सामीले त यस्तो अवस्थामा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसी के हेरेर बसेको छ भन्नेर समेत प्रश्न गरेका छन् । गेलले आफूले अश्वेत भएकै कारण धेरै पटक यस्तो भोगेको बताएका छन् ।

यसबाहेक बास्केटबल लिजेण्ड माइकल जोर्डन गल्फ लिजेण्ड टाइगर उड्स टेनिस खेलाडी कोको गफ फुटबल मारियो बालेटोली पनि यसविरुद्ध आवज उठाएका छन् ।

फ्लोयडलाई पुलिस अफिसर डेरेक चाउभिनले २५ मे मा घुँडाले टेकेर मारेका थिए । त्यसपछि चाउभिनलाई हत्या आरोपमा अनुसन्धान सुरु गरिएको छ ।

गत सेप्टेम्बर रंगभेदविरुद्धको अभियानको प्रमुख बनेका भण्डारीले जर्मन फुटबल अधिकारीलाई पनि सान्चोविरुद्ध अनुशासनको कारवाही गर्नुअघि यसबारे सोच्नुपर्ने बताएका छन् ।

यस्तै फिफाले एक विज्ञप्तिमा फ्लोयडको मृत्युको बारेमा खेलाडीहरूले व्यक्त गरेका भावना र सरोकारको गहिराइलाई राम्ररी बुझेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment