Comments Add Comment

काठमाडौं मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण

२१ जेठ, काठमाडौं । सिनामंगलको काठमाडौ मेडिकल कलेजका थप एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि मंगलबार २ जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोरोना संक्रमण भएको यस मेडिकल कलेजमा बुधबार एक चिकित्सकमा संक्रमण पुष्टि भएको मेडिकल कलेज प्रमुख डा. चन्दा कार्कीले जानकारी दिइन् ।

हाल अस्पताल निर्मलीकरणका लागि आकस्मिकसहित सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, कर्मचारी र उपचाररत बिरामी गरी एक सय ८० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment