Comments Add Comment

एन्फा अध्यक्ष शेर्पाले माफी मागे

२१ जेठ, काठमाडौं । तराईबासी जनताको राष्ट्रियतासम्बन्धी भावनालाई लिएर विवादास्पद अभिव्यक्तिलाई दिएका अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पाले माफी मागेका छन् ।

एन्फा अध्यक्ष शेर्पाले बुधबार विज्ञप्ति जारी गर्दै राष्ट्रियतामाथि प्रश्न गर्ने आफ्नो मनसाय नभएको बताएका छन् । अन्तर्वार्ताका क्रममा व्यक्त शब्दावलीबाट नेपाली दाजुभाइ दिदी विहिजी एवं त्यस क्षेत्रका नेपालीमा कुनै चोट वा ठेस पुग्न गएको भए त्यसप्रति म क्षमायाचना गर्दछु’ शेर्पाले भनेका छन् ।

तराईमा नेपाली सीमामा रक्षा गर्ने तराईबासी जनताप्रति आफू कृतज्ञ रहेको उनले बताएका छन् । ‘राष्ट्रियता र राष्ट्रिय पहिचानको सन्दर्भमा अन्य क्षेत्रको भन्दा तराइको गौरवशाली इतिहासबाट नेपाली फुटबल खेलमा केही कमी भएकामा नेपाली फुटबल खेलको अभिभावकको रुपमा मलाई पछुतो छ’ उनले भनेका छन् ।

शेर्पाले हालै एक अन्तर्वार्तामा तराईबासीमा राष्ट्रियताप्रति भावना जगाउन नेपाली सेनासँग मिलेर महोत्तरी, धनुषा, सिरहा र सप्तरीमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गरेको बताएका थिए । अहिले उनले यसमा माफी मागेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment