
२१ जेठ, गोरखा । जातीय विभेदका कारण पश्चिम रुकुममा भएको दलित युवक हत्याको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले गोरखामा प्रदर्शन गरेको छ ।
घटनाको विरोध गर्दै बुधबार समितिले गोरखा सदरमुकाममा विरोध र्याली गरेको हो । शहिदगेटबाट शुरु भएको र्याली जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो ।
घटनाको दोषीलाइ कारवाही र पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन समितिले माग गरेको छ । हत्या भएका ६ जनालाई सांस्कृतिक शहीद घोषणा गर्नुपर्ने र जातीय विभेद अन्त्य गर्नुपर्ने उनीहरुको माग छ । माग पुरा नभए चरणवद्ध रुपमा आन्दोलनको कार्यक्रम घोषणा गर्ने समितिले चेतावनी दिएको छ ।
प्रेमिकासँग विहे गर्न साथीसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका गएका जाजरकोटको भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको हत्या भएको थियो भने १२ जना घाइते भएका छन् ।
प्रतिक्रिया 4