+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

आन्दोलनरत चिकित्सक र स्वास्थ्य मन्त्रालयबीच ५ बुँदे सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते ६:२३

२२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र आन्दोलनरत चिकित्सकबीच ५ बुँदे सम्झौता भएपछि एक सातादेखिको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको आन्दोलन स्थगित भएको छ ।

१४ जेठमा काठमाडौँको जोरपाटीस्थित नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा विरामीका आफन्तले ड्युटीमा रहेका चिकित्सकमाथि हातपात तथा दुर्व्यवहार गरेपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुको आन्दोलनलाई देशभरका चिकित्सकहरुले समर्थन गरेका थिए ।

बुधबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नेपाल मेडिकल काउन्सिलका प्रतिनिधिको रोहबरमा आन्दोलनरत चिकित्सकका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका प्रतिनिधिबीच ५ बुँदे सम्झौता भएको छ ।

सम्झौतामा ड्युटीमा खटिएका चिकित्सकमाथि हातपात गर्नेमाथि छानविन गरी तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने, सीसीटीभी फुटेज गायव पार्नेलाई पनि तीन दिनभित्र कारवाहीको दायरामा ल्याउने सहमति भएको छ ।

यसैगरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ मा विना धरौटी जेल चलाउन ‘जेल विदआउट बेल’को मर्मको अवधारणा समाविष्ट गरी मन्त्रिपरिषदले २०७६ चैत २२ गते गरेको निर्णयमा भएको स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी व्यवस्थालाई थपेर चालु संसद अधिवेशनमा पेश गर्नेलगायतका सहमति पनि भएको छ ।

हेर्नुहोस् सहमति पत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?