Comments Add Comment

सुत्केरीमा आरडीटी पोजेटिभ देखिएपछि डाक्टरसहित १९ जना क्वारेन्टाइनमा

२२ जेठ, कैलाली । जिल्ला अस्पताल बैतडीमा सुत्केरीमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएपछि उपचारमा संलग्न १९ जना स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।

१९ गते अस्पताल भर्ना भएकी दोगडाकेदार गाउँपालिकाकी एक महिलाको महिला २० गते सुत्केरी भएकी थिइन् । २१ गते उनलाई एक्कासी ज्वरो आएपछि आरडीटी विधिबाट परीक्षण गरिएको थियो ।

‘सुत्केरी भएको अर्काे दिन महिलामा १०५.१ डिग्री फरेनहाइट ज्वरो देखा परेपछि कोरोनाको आशंकाले आरडीटी परीक्षण ग¥यौं । पोजेटिभ देखियो’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बसन्त जोशीले बताए ।

महिलामा पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गर्न प्रयोगशाला पठाइएपछि नतिजा आएको छैन । हाल बैतडी अस्पतालका ३ जना डाक्टर, १० नर्स, ३ जना ल्याव असिस्टेन्ट र ३ जना कार्यालय सहयोगी सेल्फ क्वारेन्टाइन छन् ।

‘पीसीआरको रिपोर्ट नआउँदासम्म हामी सेल्फ क्वारेन्टाइनमा बसेका छौँ ’जोशीले भने ‘रिपोर्ट नेगेटिभ आएपछि काममा फर्किन्छौँ । पोजेटिभ आएपछि हामी पनि परीक्षण गर्छाै ।’
एकै साथ १९ जना सेल्फ क्वारेन्टाइनमा बस्दा अस्पतालको सेवा प्रबाहमा भने समस्या भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment