+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कोरोना अस्पतालबाट पीसीआर परीक्षणविना २७ संक्रमित डिस्चार्ज

टोपराज शर्मा टोपराज शर्मा
२०७७ जेठ २४ गते ११:२९

२४ जेठ, बुटवल । कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जनालाई पीसीआर परीक्षणविनै घर पठाइएको छ । डिस्चार्ज गरिएकाहरु रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् ।

१४ दिन आइसोलेसनमा बसेपछि लगातार दुईपटक पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै अस्पतालबाट डिस्चार्ज गर्ने गरिएकामा त्यसो नगरी घर पठाइएको हो । ‘स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका अनुसार कोरोनासँग मिल्दो लक्षण नदेखिएकाले डिस्चार्ज गरेका हौं,’ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रवक्ता डा. विष्णु गौतमले भने, ‘जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप पीसीआर परीक्षण नगरी घर पठाइएको हो ।’

यसअघि संक्रमितलाई डिस्चार्ज गर्दा सञ्चारकर्मीहरुलाई खबर गरेर प्रचार गर्ने गरिए पनि यसपटक भने अस्पतालले ‘सुटुक्क’ डिस्चार्ज गरेको छ । घर पठाइएकालाई स्थानीय तहका स्वास्थ्य केन्द्रले निगरानी गर्ने भएकाले यसलाई अन्यथा लिन नहुने डा. गौतमले बताए ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लक्षण देखिएका संक्रमितलाई मात्रै अस्पतालमा राख्ने नीति अघि सारेको छ । ३६ बेडको आइसोलेसन अस्पतालमा अब ४ जना जनरल कक्षमा र ३ जना आईसीयूमा रहेका प्रवक्ता गौतमले बताए । यसअघि उक्त अस्पतालबाट दुईपटक गरी १८ जना डिस्चार्ज भइसकेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस रुपन्देहीले सरकारको पछिल्लो नीतिले समुदायमा कोरोना संक्रमण झन् फैलिने डर भएको जनाएको छ । पार्टीका जिल्ला सचिव रामकृष्ण खांणले सरकार आफ्नो दायित्वबाट पन्छिनका लागि निर्देशिका परिवर्तन गरेको भन्दै आइसोलेसनमा बसेका संक्रमितको पीसीआर परीक्षण गरेर नेगेटिभ रिपोर्ट आएपछि मात्रै डिस्चार्ज गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?