+

प्रिमियर लिगमा छैटौं चरणमा देखिएन कोरोना

२०७७ जेठ  २५ गते ८:२५ २०७७ जेठ २५ गते ८:२५
प्रिमियर लिगमा छैटौं चरणमा देखिएन कोरोना

२५ जेठ, काठमाठौं । प्रिमियर लिगको अन्तिम चरणको कोरोना परिक्षणमा सबै खेलाडी तथा स्टाफको नतिजा नेगेटिभ देखिएको छ ।

छैटौं चरण अन्तर्गत जुन ४ र ५ मा खेलाडी र स्टाफको कोभिड १९ परिक्षण गरिएको थियो । १ हजार १९५ जनामा गरिएको परिक्षणमा सबैको नतिजा नेगेटिभ देखिएको हो ।

अघिल्लो चरणमा एक जनामा मात्र पोजेटिभ देखिएको थियो ।

६ चरणमा गरी कूल ६ हजार २७४ जनामा गरिएको परिक्षणमा अहिलेसम्म १३ जनामा कोभिड१९ संक्रमणको पुष्टि भएको थियो । पहिलो चरण परीक्षणमा सबैभन्दा धेरै ६ जनामा पोजेटिभ देखिएको थियो ।

प्रिमियर लिगले कोरोना पोजेटिभ देखिएका कुनै पनि व्यक्तिको डिटेल सार्वजनिक नगरिने जनाएको छ ।

महामारीका कारण १३ मार्चदेखि स्थगित भएको प्रिमियर लिग १७ जुनदेखि क्लोज डोरमा पुन: शुरु हुँदैछ । एस्टन भिल्ला र शेफिल्ड युनाइटेड तथा म्यानचेष्टर सिटी र आर्सनलबीच खेल सोही दिन हुँदैछ ।

लिगमा ९२ खेल बाँकी रहँदा लिभरपुल २५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । बर्नमाउथ, एस्टल भिल्ला र नर्विच सिटी रेलिगेसन जोनमा छन् ।

प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय