+
+

दाङको कोरोना अस्पतालबाट १० जना डिस्चार्ज

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १२:०९

२५ जेठ, घोराही । दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट १० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

मेडिकल सुपरिटेण्डेन्ट डा. सर्वेश शर्माका अनुसार बाँकेका ५ जना, कपिलवस्तुका दुईजना, दाङका दुईजना र बर्दियाका एक जना कोरोनालाई जित्दै घर फर्किएका हुन् ।

केहीको कोरोना रिपोर्ट नेगेटिभ आएपछि र केहीलाई लक्षण नै नदेखिएको भन्दै डिस्चार्ज गरिएको हो । डा. शर्माका अनुसार बाँकेका २, दाङका एक, कपिलवस्तुका एक र बर्दियाका एक जनाको तेस्रो रिपोर्ट भने नेगेटिभ आएपछि डिस्चार्ज गरिएको छ ।

यस्तै पाँच जनालाई अस्पतालमा राखेको २२ दिनसम्म पनि कोरोनाको कुनै लक्षण नदेखिएपछि सरकारको परिपत्रका आधारमा डिस्चार्ज गरिएको डा. शर्माले बताए ।

बेलझुण्डी अस्पतालमा अब ४५ जना कोरोना संक्रमित उपचाररत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?