+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

ट्रक दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १६:४३

२५ जेठ, डोटी । डडेल्धुराको अमरगढी नगरपालिका-१० राईमा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा बैतडीको पाटन नगरपालिका-८ खोड्पे जुगेपानीका ४८ वर्षीय जयदेव बिष्टको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ ।

कपिलबस्तुबाट सिमेन्ट बोकेर बाजुरा जाँदै गरेको ना५ख २२४६ नम्बरको ट्रक शनिबार राति दुर्घटना भएको प्रहरीको अनुमान छ ।कतिबेला दुर्घटना भयो भन्ने यकिन नभएको उक्त ट्रक शनिबार राति ११ बजे स्याउले ट्राफिक प्रहरी पोष्टमा दर्ता भएको देखिएको छ ।

स्याउलेदेखि दुर्घटना भएको क्षेत्र चार किलोमिटरको दुरीमा भएकाले ट्रक शनिबार राति नै दुर्घटना भएको हुने सक्ने डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए।

आइतबार गोठालाहरूले ट्रक दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । ट्रक सडकबाट १५ मिटर तल खोलामा खसेको डीएसपी न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?