Comments Add Comment

कविता र परमिताको मित्रता

लकडाउनको समयमा सामाजिक सञ्जालमा लेखेका विभिन्न स्टाटसका कारण नायिका करिश्मा मानन्धर चर्चामा रहन्छिन् । करिश्मा आफू भावुक भएका कारण पनि विवादमा आउने गरेको तर्क गर्छिन् ।

उनै नायिका करिश्मा मानन्धरकी छोरी कविता मानन्धर लकडाउनका कारण घरमै रमाइरहेकी छिन् । लकडाउन पूर्ण पालना गरेको भन्दै कवितासँग करिश्मा पनि खुसी देखिएकी छिन् ।

लकडाउनको समयमा कविता र नायिका परमिता आर एल राणाको दिनचर्या पनि गज्जबले बितिरहेको छ ।

करिश्मा र कविता स्कुल पढ्दादेखिकै साथी हुन् । बुढानीलकण्ठका यी दुईजना लकडाउनको समयमा एक अर्कासँग समय बिताइरहेका छन् ।

परमिताले कवितासँगको तस्वीर सेयर गरेकी छिन् । कविता अमेरिकामा रहँदै आएकाले पनि आफ्नो बाल्यकालदेखिको साथीसँग परमिताले समय बिताउन नपाएको प्रष्ट छ । तर लकडाउनले यी दुईलाई यो गज्जबको समय भने दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment