+
+

विश्वभर कोरोना संक्रमित ७० लाख नाघे

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते ११:२४

२६ जेठ, काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ७० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७० लाख १५ हजार १२८ पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी १९ लाख ४२ हजार ३६३ संक्रमित फेला परेका छन् । त्यस्तै ब्राजिलमा ६ लाख ९१ हजार ७५८ संक्रमित फेला परेका छन् । रुसमा पनि संक्रमितको संख्या चार लाख ६७ हजार ७३ पुगेको छ ।

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि चार लाख दुई हजार ८५२ पुगेको छ । अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या एक लाख १० हजार ५१४ पुगेको छ भने बेलायतमा कोरोना भाइरसको कारण ४० हजार ६२५ जनाको मृत्यु भइसकेको छ । ब्राजिलमा पनि ३६ हजार ४५५ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म विश्वभर कोरोना भाइरसका ३१ लाख ४२ हजार ४४० संक्रमित निको भएर घर फर्किसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?