+
+
Shares

लकडाउनमा बैङ्क– निक्षेप १ खर्ब २७ अर्ब, ऋण लगानी ११ अर्बमात्रै

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २६ गते १४:४९

२६ जेठ, काठमाडौं । लकडाउनयता बैङ्क तथा वित्तीय संस्थाहरूमा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।

‘क’ वर्गका वाणिज्य बैङ्क, ‘ख’ वर्गका विकास बैङ्क र ‘ग’ वर्गका फाइनान्स कम्पनीले लकडाउन सुरु भएदेखि २४ जेठसम्ममा एक खर्ब २७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको नेपाल राष्ट्र बैङ्कले बताएको छ।

राष्ट्र बैङ्कको अपरिस्कृत तथ्यांकअनुसार लकडाउन सुरु भएको दिन ११ चैतमा क, ख र ग वर्गका यी संस्थाहरूमा ३५ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप थियो। २४ जेठसम्म आइपुग्दा यो बढेर ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैङ्कले बताएको छ ।

कर्जा लगानी अझै सुस्ताएको छ । दुई महिनाभन्दा लामो समय भएको लकडाउनमा जम्मा ११ अर्ब रुपैयाँमात्रै ऋण लगानी भएको राष्ट्र बैङ्कका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए ।

११ चैतसम्ममा बैङ्क तथा वित्तीय संस्थाहरूको ३२ खर्ब १८ अर्ब रुपैयाँ लगानीमा रहेको थियो । त्यो बढेर २४ जेठमा ३२ खर्ब २९ अर्ब रुपैयाँमात्रै पुगेको प्रवक्ता भट्टले बताए । लकडाउनमा आर्थिक क्रियाकलापहरू ठप्प भएका कारण बैङ्कहरूमा कर्जा लगानी कम भएको हो ।

पछिल्लो समय बैङ्कमा कर्जा लिन आउनेको संख्या अत्यन्तै न्यून रहेको बैङ्कर्स संघका कार्यकारी सदस्य तथा सनराइज बैङ्कका सीईओ जनकराज पौड्याल बताउँछन् ।

बैङ्कमा पछिल्लो समय भिड लागेको बताएका उनले बैङ्कमा आएका अधिकांश निक्षेप जम्मा गर्नेहरू रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?