Comments Add Comment

मोरङमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि

२६ जेठ, विराटनगर । मोरङमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । सोमबार मोरङको लेटाङ नगरपालिका र रतुवामाई नगरपालिकामा दुई/दुईजना र धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

लेटाङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षीय पुरुषमा संक्रमण देखिएको छ । संक्रमित पुरुष जेठ चार गते आएका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो ।

धनपालथान गाउँपालिकामा पाँचजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट आएका तीन पुरुष, एक ३० वर्षीय महिला र १२ वर्षीय बालकमा पनि कोरोना संक्रमण देखिएको गाउँपालिका सिनियर अहेब ऋषिराज सेठले बताए ।

त्यस्तै रतुवामाई नगरपालिकामा थप दुईजनामा संक्रमण देखिएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले सोमबार नयाँ संक्रमितका बारेमा आधिकारिक जानकारी आएको बताए । उनले आइतबार बेलुका दुईजनामा संक्रमण देखिएको जानकारी दिए ।

सोमबार ९ जना थप भएसँगै मोरङमा कोरोना संक्रमितको संख्या २८ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment