Comments Add Comment

थप ३१४ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ३७६२ पुग्यो

२६ जेठ, काठमाडौं । सोमबार थप तीन सय १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । उनीहरूमध्ये १४ जनाको मृत्यु भएको छ भने चार सय ८८ जना डिस्चार्ज भएका छन् ।

तथ्यांकमा काेराेना - नेपाल

पीसीआर१००९७१
आरडीटी१५६९९१
आइसोलेसनमा३२६०
संक्रमित ३७६२
निको भएको४८८
मृत्यु१४
क्वारेन्टिनमा१७०७३२
अपडेटः २०७७ जेठ २५ । स्रोतः स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

मोरङमा थप नौ जनामा संक्रमण

मोरङमा ९ जनामा संक्रमण पुष्टि भएको छ । धनपालथान गाउँपालिकामा पाँच जनामा तथा लेटाङ र रतुवामाई नगरपालिकामा दुई/दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

झापा गौरीगञ्ज गाउँपालिका ६ जना र सुनसरीको कोसी गाउँपालिकाका १९ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै, हल्दीबारी क्वारेटिनमा रहेका झापाका तीन जना र पाँचथर लालीखर्चका २३ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

सर्लाहीमा एक सय २० जना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा प्रदेश–२ मा  १७४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये सर्लाहीका १२० जना छन् ।

सर्लाहीको बिष्णु गाउँपालिकाका ३५ जना, ब्रम्हपुरी गाउँपालिकाका ४३ जना, चकरघट्टा गाउँपालिकाका १५ जना, बलरा नगरपालिकाका ८ जना र ईश्वरपुर नगरपालिकाका १८ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, रामनगर गाउँपालिकास्थित क्वारेन्टिनमा रहेका ३७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै, सप्तरीमा  १६ जना, महोत्तरीमा १२ जना, रौतहटमा ११ र पर्सामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बारामा ७ जना संक्रमित थपिएका छन्, जसमा आमासँगै तीन वर्षीया बालिका पनि छिन् ।

चितवनमा १७ जनाको रिपोर्ट पोजेटिभ

चितवनमा दुई चिकित्सकसहित २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका परीक्षणमा चितवनका १७ जना, नवलपरासी पूर्वका पाँच जना र धादिङका एक जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, स्याङ्जाका ६० वर्षीय पुरुष र पोखराका ४२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

मृतकको सम्पर्कमा आएका ३० जना संक्रमित

अर्घाखाँचीमा ३१ जना संक्रमित थपिएका छन् । उनीहरूमध्ये ३० जना कोरोना भाइरसको संक्रमणबाट मत्यु भएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका युवकको सम्पर्कमा आएकाहरू हुन् । उनको भारतबाट मजदुरी गरी फर्कने क्रममा जेठ १० गते बाटोमै मृत्यु भएको थियो ।

यस्तै, कपिलवस्तुका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । उनीहरूमध्ये सात जना महाराजगञ्जका छन् । बर्दियाका १८ जना, रुपन्देहीका ५ जना, दाङका ४ जना, बाँकेका एक जना र नवलपरासीका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

लुम्बिनी मेडिकल कलेजमा उपचाररत गुल्मीकी ३२ वर्षीय र पाल्पाका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, दैलेखका १० जना, सल्यानका छ जना र सुर्खेतका एकजनामा संक्रमण पुष्टि भएको छ ।

एक लाख कट्यो पीसीआर टेस्ट

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार हजार सात सय ६६ नमुनाको पीसीआर टेस्ट गरिएको थियो । त्यसक्रममा तीन सय १४ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै अहिलेसम्म पीसीआर टेस्टको संख्या एक लाख नौ सय ७१ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ११ हजार नौ सय ४२ आरडीटी टेस्ट भएको छ । यससँगै कुल टेस्टको संख्या एक लाख ५६ हजार नौ सय ९१ पुगेको छ ।

सातै हाल एक लाख ७० हजार सात सय ३२ जना क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment