+

एमबाप्पे विश्वको मूल्यवान खेलाडी, मेसी २२औं र रोनाल्डो ७०औं स्थानमा

२०७७ जेठ  २७ गते ९:२७ २०७७ जेठ २७ गते ९:२७
एमबाप्पे विश्वको मूल्यवान खेलाडी, मेसी २२औं र रोनाल्डो ७०औं स्थानमा

२७ जेठ, काठमाडौं । पेरिस सेन्ट जर्मेनबाट व्यवसयिक फुटबल खेल्न फ्रेन्च युवा सटार किलिएन एमबाप्पे विश्वकै सबैभन्दा मूल्यवान खेलाडी बनेका छन् ।

द इन्टरनेशनल सेन्टर फर स्पोर्ट्स स्टडिज (सिआइइएसले) सार्वजनिक गरेकन १०० मूल्यवान खेलाडीको सूचीमा एमबाप्पेले नाम चलेका खेलाडीहरुलाई पछि पारेका हुन् । सिआइइएस फुटबल अब्जरभेटरीका अनुसार एम्बापेको भ्यालु २३०.५ मिलियन पाउण्ड रहेको छ ।

दोस्रोदेखि पाँचौसम्म भने इंग्ल्याण्डका खेलाडीहरु छन् । म्यानचेष्टर सिटीबाट खेल्ने रहिम स्टर्लिङ दोस्रो लिभरपुलका ट्रेन्ट अलेक्जान्डर आरनोल्ड तेस्रो बोरुसिया डर्टमण्डबाट खेल्ने जाडोन सान्चो चौथो र म्यानचेष्टर युनाइटेडबाट खेल्ने मार्कुस रासफोर्ड पाँचौ स्थानमा छन् ।

स्टर्लिङको भ्यालु १७३ पाउण्ड अर्नोल्डको १५९ पाउण्ड सान्चोको १५२ पाउण्ड र रासफोर्डको १३६ पाउण्ड रहेको छ

वर्तमान विश्व फुटबलका दुई ठूला स्टार लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो भने यो सूचीमा धेरै पछि छन् । मेसी २२औ र रोनाल्डो ७०औं स्थानमा छन् ।

बार्सिलोनाका कप्तान मेसीको भ्यालु ८९ पाउण्ड हुँदा युभेन्ट्सबाट खेल्ने रोनाल्डोको भ्यालु ५५.७३ पाउण्ड रहेको छ ।

एमबाप्पे मेसी रोनाल्डो

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय